सुरक्षाकर्मीद्वारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो
सारांश
- सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर र पैदलमार्गमा जमेको हिउँ पन्छ्यायो।
- भारी हिमपातका कारण दर्शनार्थीलाई आवतजावतमा समस्या भएको थियो, जसलाई सशस्त्र प्रहरीले समाधान गरेको हो।
- सशस्त्र प्रहरीले मुक्तिनाथमा स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क पनि राख्यो।
मुस्ताङ । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो ।
मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुईवटा स्नानकुण्डसमेत हिउँले ढाकिएको थियो । यसैगरी झक्तजनले सेचन गर्ने १०८ धारा आसपाससमेत बाक्लो हिउँ जमेका कारण भक्तजनलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।
मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो । हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी समस्यामा परेका थिए ।
आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितिमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।
मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव दुई किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याइएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई निकै सजिलो भएको वारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने, लड्ने र दुर्घटना हुने जोखिम थियो, ‘वडाध्यक्ष गुरुङले भने, ‘यहाँ हिउँ पन्छ्याइपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ । हिमपातसँगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीलाई हाइअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ ।
मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण