नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको आग्रह
सारांश
- माओवादी केन्द्रले नर्सिङ सेवाका कर्मचारीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
- अध्यक्ष प्रचण्डले नर्सको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
- नर्सहरूले असमान व्यवहार, कम तलब, असुरक्षा र विदेश पलायनलगायतका समस्या भोग्नुपरेको छ।
काठमाडौँ। देशभरका नर्सिङ सेवामा कार्यरत कर्मचारीहरूले उठाएका मागहरू तत्काल सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)ले सरकारसँग आग्रह गरेको छ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा एक पोस्टमार्फत नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने बताएका हुन्।
देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू विभिन्न चरणमा आन्दोलनरत रहेको उल्लेख गर्दै उनले नर्सहरूमाथि भइरहेको असमान व्यवहार, तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याप्रति ध्यानाकर्षण गराएका छन्। उनले नर्सहरूका यी जायज मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण