ओलीको मार्गचित्रलाई यथास्थितिवादीको संज्ञा
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको मार्गचित्रलाई यथास्थितिवादीको संज्ञा दिएका छन् ।
महासचिव शर्माले बुधबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एमालेका अध्यक्ष ओलीले प्रस्तुत गरेको मार्गचित्रले जेनजी आन्दोलनको भावनालाई सम्बोधन नगर्ने बताए ।
ओलीको मार्गचित्रले नेपाली जनताको परिवर्तनको चाहना अनुकूल नरहेको उल्लेख गर्दै उनले यसले एउटा चुनावबाट अर्को चुनावमा जाने यथास्थितिवादी सोच बोकेको बताए ।
अध्यक्ष ओलीको यस्तो सोचले देशको सङ्कटलाई निकास दिन नसक्ने दाबी गरे । अध्यक्ष ओलीले आफू अब प्रधानमन्त्री नबन्ने बरु संविधान संशोधन गरी चुनावको लागि गैरदलीय प्रधानमन्त्री बनाएर केही दिनको लागि संसद्को पुनर्स्थापन गरौँ भनी मार्गचित्र प्रस्तुत गरेका छन् ।
महासचिव शर्माले २०६४ को अवस्थामा फर्किन दलहरूलाई आह्वान गरेका छन् । संविधानको संशोधन गरी प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री, पूर्ण समानुपातिक समावेशी संसद्, स्वशासन र पहिचानको अधिकारसहित प्रादेशिक संरचना घटाउनुपर्ने उनले बताएका छन् ।
सङ्घीयताको कार्यान्वयन, प्रदेशको मातहत रहने गरी स्वतन्त्र स्थानीय निकायको निर्वाचन, भ्रष्टाचार उन्मुलनको लागि स्वायत्त, स्वतन्त्र समावेशी र अधिकार सम्पन्न जनलोकपालको गठन, जिल्ला समन्वय समितिको विघटन, सङ्घ र प्रदेशमा एक अङ्कमा नबढ्ने गरी मन्त्रीमण्डलसहित ७५३ स्थानीयतहलाई घटाउनु पर्ने उनले प्रस्ताव गरेका छन् ।
पहिचानसहितको संघीयता पक्षधर शक्तिहरुको बिचमा संविधान संशोधनका लागि सहकार्य हुनुपर्ने कुरामा महासचिव शर्माले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण