लुम्बिनी प्रदेश सभा सदस्यमा निलम पासवान निर्वाचित
बुधबार, १२ कात्तिक २०८२, १६ : ११
काठमाडौँ । लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसदको लागि निर्वाचन आयोगले निलम पासवानलाई निर्वाचित भएको घोषणा गरेको छ ।
जनमत पार्टी नेपालको समानुपातिकको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा रहेका पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित घोषणा गरिएको हो ।
यसअघि आदिवासी जनजाति कलस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो । जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ रुपन्देहीकी पासवान पार्टीकी कार्यकारणी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण