गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा
सारांश
- युवराज गुरुङ उर्फ सानुभाइ ७ हजार धरौटीमा रिहा भएका छन्।
- उनी जेनजी प्रदर्शनपछि व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका थिए।
- सानुभाई यसअघि पनि पटकपटक पक्राउ परिसकेका छन्।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।
जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोक स्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् ।
फोटो अन्यथा परेकाले क्षमायाचनासहित सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण