राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो
सारांश
- राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ, जसमा विदेशी ऋणपत्रहरूमा लगानी गरिएको छ।
- राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत यही लगानी हो, जसले रेमिटेन्स र विदेशी मुद्रालाई समेट्छ।
- चाडबाडको कारण बजारमा नगद प्रवाह बढेको छ, र राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार पनि बढेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो ।
राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो ।
यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ ।
तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब पुगेको छ । असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण