बुद्धले सातामा काठमाडौँ–कलकत्तामा चार उडान गर्ने
सारांश
- बुद्ध एयरले नोभेम्बर १५ देखि काठमाडौँ-कलकत्ता सिधा उडान सुरु गर्ने भएको छ।
- हप्तामा ४ दिन उडान हुनेछ, जसमा आइतबार, मंगलबार, बिहीबार र शनिबार समावेश छन्।
- एयरले कलकत्ताका लागि टिकट बुकिङ पनि सुरु गरेको छ, जसको न्यूनतम भाडा १४,५०० रुपैयाँ तोकिएको छ।
काठमाडौँ । बुद्ध एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौँबाट सिधै कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुद्ध एयरले साताको ४ दिन काठमाडौँ–कलकत्ता उडान गर्ने जानकारी दिएको हो ।
बुद्ध एयरका अनुसार यसअघि साताको ३ दिन उडान गर्ने भनिएको थियो । तर एयरलाइन्सले साताको ३ दिनको उडान तालिकालाई परिमार्जन गरी सातामा आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरी चार दिन उडान गर्ने तयारी रहेको प्रवक्ता वीरेन्द्र कर्णले जानकारी दिए ।
उनका अनुसार बुद्ध एयरले भारतको कलकत्ता ६ वर्ष पछि पुन उडान गर्न लागेको हो । यसअघि पनि २०७६ जेठ १३ देखि केही समय बुद्ध एयरले काठमाडौँबाट भारतको कलकत्ता सिधा उडान सुरु गरेको भए पनि ६ महिना नपुग्दै बन्द भएको थियो । तर अब पुन उडान गर्ने गरी बुद्ध एयरले उडान तालिका सार्वजनिक गर्दै यात्रुका लागि टिकेट बुकिङसमेत सुरु गरेको छ ।
बुद्ध एयरले कलकत्ता उडानको न्यूनतम भाडा दर १४ हजार ५ सय रुपैयाँ रुपैयाँ तोकेको छ । बुद्धले अहिले पनि भारतको बनारसमा नियमित उडान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण