स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना
काठमाडौँ । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गरेका छन् ।
गोपाष्टमी पर्वका अवसरमा गोवंश संरक्षण अभियानले बुधबार गोरखा जिल्लाबाट सुरु गरेको गो संवर्द्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरिएको हो । पशुपतिनाथको ज्योतिर्लिङ्ग चर्ने क्रममा स्थानीय गाईले पत्ता लगाएको धार्मिक विश्वास छ ।
गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली, चुँदीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा बुधबार बिहान ८ः ०० बजेको साइतमा गोरखा दरबार क्षेत्रस्थित गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा आराधना गरी गो संवर्द्धन यात्रा सुरु भएको थियो । यात्राका क्रममा आज बिहान मैतीदेवीस्थित गोदा वेणुगोपाल मन्दिरमा गाईको पूजा आराधना गरी राजधानीका विभिन्न भागमा घुमाइएको थियो ।
थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गोरखाबाट ल्याइएको स्थानीय गाईको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज बिहान पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी मूल भट्टले पूजा आराधनासहित गाई संरक्षणको कामना गरिएको थियो ।
यात्रा सकिएसँगै स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने कार्यक्रम संयोजक एवं ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण