मधेस प्रदेशका ८ उत्कृष्ट किसान सम्मानित
सारांश
- मधेस प्रदेश सरकारले ८ जना उत्कृष्ट किसानलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ।
- सम्मानित किसानहरूलाई २५ हजार नगद, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।
- कार्यक्रममा मधेस प्रदेशलाई खाद्यान्न उत्पादनको प्रमुख केन्द्र बनाउनुपर्ने कुरामा जोड दिइयो।
जनकपुरधाम । मधेस प्रदेशका ८ जना उत्कृष्ट किसानलाई प्रदेश सरकारले सम्मान गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय धनुषाले आज आयोजित एक कार्यक्रममा किसानहरूलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
विश्व खाद्य दिवसको अवसरमा ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजना गरिएको समारोहमा बारा जितपुर सिमरा–१८ का मकै किसान विनिता गौतम, पर्साका विन्दवासिनी–४ का च्याउ किसान सुजितकुमार चौरसिया, सर्लाहीका बागमती नगरपालिका–११ का मौरी किसान मणिप्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, सिराहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महावीरप्रसाद चौधरी सम्मानित भएका छन् ।
सम्मानित भएका किसानहरूलाई मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले नगद २५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरे । कार्यक्रममा सचिव दाहालले मधेस प्रदेशलाई मात्र अन्नको भण्डार नभई खाद्यान्न उत्पादनको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने– ‘मधेसको उब्जनी वृद्धि आजको आवश्यकता हो । यदि हामीले स्थानीय उत्पादन बढाएर मात्रै देशभरका नागरिकलाई पर्याप्त खाध्यान्न उपलब्ध गराउन सक्छौँ भने समृद्धि दिगो हुनेछ । यसका लागि सरकार र किसान मिलेर काम गर्नु आवश्यक छ ।’
कार्यक्रम निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा.सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलाल शर्माले खाद्य सुरक्षा, गुणस्तरीय उत्पादन र प्रवर्द्धनका विषयमा जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख र विभिन्न कृषिसँग सम्बन्धित कार्यालयका प्रमुखहरू सहभागी थिए । कार्यक्रममा निर्देशनालयका अधिकृत सुदिप चौधरीले कार्यपत्र प्रस्तुत गरे भने वरिष्ठ बाली विकास अधिकृत प्रदीपकुमार यादवले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन इन्जिनियर सुमनकुमार साहले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण