निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समिति बैठक, के भयो छलफल ?
काठमाडौँ । निर्वाचन आयोगको कार्यालयमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।
शुक्रबार निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा सम्पन्न भएको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव महादेव पन्थ, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङ सहभागी थिए ।
बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा प्रबन्धका लागि सुरक्षा निकायहरू सक्षम तथा प्रतिबद्ध रहेका र त्यसका लागि योजनाबद्ध रूपमा कार्य प्रारम्भ गरिसकिएको सुरक्षा अधिकृतहरूले बताए ।
निर्वाचन सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना तर्जुमा गरिरहेको र स्थानीय सुरक्षा आवश्यकता तथा मतदान केन्द्रहरूको संवेदनशीलताका आधारमा सुरक्षा जनशक्ति परिचालन गरिने मन्त्रालय तथा सुरक्षा निकायका अधिकृतहरूले बैठकमा जानकारी गराए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सुरक्षा प्रबन्धका लागि नीतिगत एवम् व्यवस्थापकीय विषयमा सहजीकरण गर्ने कार्य निर्वाचन आयोगको उच्च प्राथमिकतामा रहेको बताए ।
त्यसका लागि राजनीतिक दल तथा सरोकारवाला निकायहरूसँग समेत आवश्यक समन्वय गरिने बताए । उनले मतदान पूर्व, मतदानको अवधि र मतदान पश्चातको समयमा भरपर्दो सुरक्षाका लागि सबै सुरक्षा निकाय समन्वयात्मक रूपमा परिचालन गर्ने गरी आवश्यक तयारी गर्न निर्देशन दिए ।
बैठकको समापन गर्दै निर्वाचन आयुक्त सगुन जबराले स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनको लागि भयरहित वातावरण तयार गरी तोकिएको समयमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताए । उनले त्यसका लागि समन्वयात्मक र योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण