राजनीति
माओवादी र नेसपासँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय
शुक्रबार, १४ कात्तिक २०८२, १९ : ३२
सारांश
- नेकपा एसको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्यो।
- अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र नेसपासँगको एकता प्रस्ताव अनुमोदन गरे।
- एकताको विपक्षमा झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरू रहेका छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ ।
बुधबार सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका हुन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ । बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने पनि सुनाएको नेता नन्द बञ्जाडेले जानकारी दिए ।
तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल,रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण