‘डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफी’ फोटो टक शो सम्पन्न
सारांश
- ललितपुरको पाटन दरबार क्षेत्रमा 'थ्रु हर लेन्स' शीर्षकको फोटो टक शो सम्पन्न भयो।
- इटालियन डकुमेन्ट्री फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेले प्रस्तुति दिँदै अनुभव साटेकी थिइन्।
- कार्यक्रममा फोटो पत्रकार, फोटोग्राफर र विद्यार्थीहरूको सहभागिता रहेको थियो, जसले अनुभव आदानप्रदान गरे।
ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित बहादुर शाह बैठकमा ‘थ्रु हर लेन्स – स्टोरी बियोन्ड बोर्ड्रस’ शीर्षकमा आयोजित फोटो टक शो सम्पन्न भएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेले आफ्नो प्रस्तुति दिएकी थिइन्। उनले विश्वका विविध संस्कृतिमा आधारित कथाहरू, भावनात्मक कथा अभिव्यक्ति, सांस्कृतिक संवेदनशीलता र दृश्य माध्यमबाट कथा भन्ने कलाको महत्त्वबारे अनुभव साटेकी हुन्।
ब्रान्काफोर्टेले फोटोमार्फत विश्वास निर्माण गर्ने तरिका, डकुमेन्ट्री फोटोग्राफीको नैतिक पक्ष र विभिन्न अनौठा स्थानमा कथा खोज्ने आफ्नो सीपका बारेमा बताएकी थिइन्। यो टक शोमा फोटो पत्रकार, फोटोग्राफर र विद्यार्थीहरूको सहभागिता रहेको थियो, जसले प्रश्नोत्तर सत्रमार्फत आफ्ना विचार र अनुभव आदानप्रदान गरे।
आयोजक विकास खड्कीले यस्ता कार्यक्रमहरूले नेपालमा फोटोग्राफी पेसा गर्ने र गर्न चाहनेहरूलाई ऊर्जा र नयाँ विचार आदानप्रदान गर्न सहयोग पुग्ने बताए।
यसै अवसरमा ब्रान्काफोर्टेको व्यावसायिक फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्डमा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण