अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
सारांश
- एमाले सचिव योगेश भट्टराईले एमालेमा फर्किन अध्यक्ष ओलीको आह्वानलाई स्वागतयोग्य भनेका छन्।
- भट्टराईले पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई पुनः आन्दोलनमा समाहित हुन आह्वान गरेका हुन्।
- उनले जबजको सिद्धान्तमा विश्वास गर्नेहरूको केन्द्र एमाले हुनुपर्ने बताएका छन्।
काठमाडौँ । नेकपा एमालेका सचिव योगश भट्टराईले पार्टीमा योगदान गरेका तर हाल पार्टी बाहिर रहेका नेताहरूलाई एमालेमा फर्किन अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान स्वागतयोग्य रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ । '
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको पनि उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– 'जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण