आईसीसी विश्वकप लिग–२
नेपालको लगातार विकेट पतन, भीम सार्की ४३ रनमा आउट
शनिबार, १५ कात्तिक २०८२, १२ : ५३
सारांश
- अमेरिका विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमायो।
- भिम सार्की ४३ रनमा आउट भए, उनलाई हर्मीत सिंहले बोल्ड गरे।
- नेपालले २३ ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २२औँ ओभरको पाँचौँ बलमा भीम सार्कीलाई ४३ रनमा गुमाएको हो । उनलाई अमेरिकाका बलर हर्मीत सिंहले बोल्ड आउट गराए।
यसअघि २०औँ ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेल ४७ रन बनाएर क्याच आउट भएका थिए। उनलाई पनि हर्मीत सिंहले नै आउट गराएका थिए। त्यसपछि दोस्रो ओभरमा आसिफ शेखलाई नोथेस केन्जिगेले बोल्ड गरेका थिए। यो विकेटसँगै नेपालले २३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १०४ रन बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण