चार सय मेगावाट क्षमताको कालीगण्डकी कोभाङ परियोजना बनाउने घोषणा
काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालीगण्डकी कोभाङ जलविद्युत परियोजना बनाउने भएको छ। एनडीपीको शुक्रवार सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त परियोजना निर्माण गर्ने जानकारी दिएका हुन्।
अध्यक्ष ढकालले एनडीपीसहितको समूहले मिलेर सो जलविद्युत परियोजना निर्माणका लागि सम्झौता गरेको बताए। उनले यस परियोजनाको निर्माण सहज रहेको पनि दाबी गरे। उनका अनुसार यो परियोजना पहिले अदालतले खारेज गरेको र 'बास्केटमा' गएको थियो। तर, अहिले उक्त कम्पनीले सर्वोच्च अदालतबाट मुद्दा जितेर लाइसेन्स रिस्टेट भएको अवस्थामा एनडीपीसहितको समूहले सम्झौता गरी अगाडि बढाउन खोजेको छ।
ढकालले भने, ‘त्यो करिब ४ सय मेगावाट हुन्छ। क्यू४० हिसाबले १६३ छ, क्यू२५ को हिसाबले गर्दाखेरि करिब ४०० मेगावाट हुन्छ।’
परियोजनास्थलको सहजता उल्लेख गर्दै उनले भने, ‘प्रसारण लाइनको उपलब्धता: भारतको सीमासम्म पुग्ने गरी कालीगण्डकी करिडोर प्रसारण लाइन समेत बनिसकेको अवस्था छ।’ मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराएर हाईवेमै कालीगण्डकी (गर्ज) को माथि पावरहाउस निर्माण गरिने छ। यसलाई उनले 'एकदमै राम्रो प्रोजेक्ट' भनेका छन्।
अध्यक्ष ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माणलगायतका क्षेत्रमा लगानी गर्ने जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण