एमालेको ११औँ महाधिवशनस्थल परिवर्तन
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेनस्थल परिवर्तन गरेको छ ।
शनिबार बसेको सचिवालय बैठकले यसअघि पोखरामा गर्ने भनेको राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमा गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशन मिति भने परिवर्तन नभएको मंसिर २७ र २९ गते नै हुने ज्ञवालीको भनाइ छ ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय गरिएको छ । ६ लाख ६७ हजार पार्टी सदस्य रहेको एमालेले मंसिर १३ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ ।
त्यसरी छनोट भएका प्रतिनिधि मंसिर १५ भित्र पठाइसक्नुपर्ने छ । प्रतिनिधि छनोटका लागि एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, १ महिला र एकजना ४० वर्षमुनिका युवा गरेर एक क्षेत्रमा ४ जना प्रतिनिधि छनोटको अनुपात तय गरिएको छ।
न्यूनतम एकतिहाइ महिला छनोट हुनेछन् भने त्यसमा हरेक ८ सय सदस्य थपिँदै जाँदा १ जना महिला थपिने पनि एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण