'नेपहपको श्रीपेच ३' अडिसन सुरु
सारांश
- नेपहपको श्रीपेच ३ रियालिटी शो सुरु भएको छ, डिजिटल अडिसन खुल्ला गरिएको छ।
- प्रतियोगीहरूले भिडियो पठाएर अडिसनमा भाग लिन सक्नेछन् र उत्कृष्ट प्रतियोगी छानिनेछन्।
- विजेताले १० लाख नगद, वर्ल्ड टुर र उपविजेताले ५ लाख पाउनेछन्, शो मंसिरमा प्रसारण हुनेछ।
काठमाडौँ । र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच ३’ सुरु भएको छ । आयोजकले एक कार्यक्रम गर्दै शोको डिजिटल अडिसन खुला भएका जनाएको हो ।
शोको डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइनेछ । शोमा सहभागीका लागि आफ्नो प्रस्तुतिको भिडियो बनाएर नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेजमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ ।
‘नेपहपको श्रीपेच ३’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाइवर साइमन हुन् भने दोस्रो सिजनका विजेता योङ्ग वेभरहेका छन् । ‘नेपहपको श्रीपेच’ दामी मिडियाको प्रस्तुतिमा निर्माण भएको हो ।
’नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ । कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण