बेलायतको क्याम्ब्रिजशायर घटनामा २ जना पक्राउ
सारांश
- बेलायतको क्याम्ब्रिजशायरस्थित रेलमा चक्कु आक्रमण हुँदा दुई जना पक्राउ परेका छन्।
- आक्रमणमा घाइते भएका १० जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
- घटनापछि रेल सेवा अवरुद्ध भएको छ र यात्रुहरूलाई यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
लन्डन । बेलायतको क्याम्ब्रिजशायरस्थित रेलमा भएकाे चक्कु आक्रमणको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको पहिचान खुलेको छैन । घटना भएको केहीबेरमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार घाइते १० जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।
आक्रमण भएको रेल डोनकास्टरबाट किङ्स क्रस जाँदै थियो । प्रहरीले पहिलो पटक स्थानीय समयअनुसार शनिबार साँझ ७ः ४२ बजे घटनाको उजुरी पाएको थियो । घटनापछि रेल सेवा अवरुद्ध भएको छ ।
लन्डन उत्तर पूर्वी रेलवेले यात्रुहरूलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गरेको छ र आइतबारको अन्त्यसम्म यो अवरोध कायम हुने अनुमान छ । एक घाइते व्यक्ति आफूहरूतिर दौडेर ‘कसैसँग चक्कु छ’ भनेर चिच्याएको रेलमा सवार एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए ।
रेल पिटरबरोबाट छुटेको १० मिनेट पछि घटना भएको र घाइतेहरू रेलमा चक्कु बोकेका व्यक्तिबाट भागिरहेको देखिएको अर्का प्रत्यक्षदर्शीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण