प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
आइतबार, १६ कात्तिक २०८२, १३ : २८
सारांश
- प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका दुई सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
- कार्यक्रम जङ्गी अड्डामा आयोजना गरिएको थियो, जसमा पाँच महासेनानीलाई पनि दर्ज्यानी चिन्ह दिइयो।
- उक्त कार्यक्रममा उच्च सैनिक अधिकारीहरू र बढुवा भएका अधिकारीका परिवारजनको उपस्थिति थियो।
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण