‘यूथ भोलेन्टियर्स फोर्स’ले प्रहरी प्रशासनको मनोबल उठाउँछ : महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले 'यूथ भोलेन्टियर्स फोर्स' ले नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने बताए।
- बस्नेतले जेनजी आन्दोलनमा रवि लामिछानेको पार्टीका नेताहरूले जेल तोड्न सहयोग गरेको आरोप लगाए।
- 'यूथ भोलेन्टियर्स फोर्स' ले कालापानी र लिम्पियाधुरासम्म पुगेर लुटेरा समात्ने र प्राकृतिक विपत्तिमा सहयोग गर्ने बस्नेतको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने बताएका छन् ।
भक्तपुरमा आइतबार फोर्सको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले जेनजी आन्दोलनका क्रममा रास्वपाका रवि लामिछाने प्रधानमन्त्री बन्ने लोभमा त्यही पार्टीका नेताहरू हरि ढकाल, मनिष झा र ज्वाला सङ्ग्रौलाहरूले जेल तोड्ने अभियान चलाएर समाजमा आतङ्क मच्चाउन सहयोग पुर्याएको दाबी गरे ।
‘त्यो दौरानमा १४ हजार कैदी भगाइँयो, १२ सय हतियारहरू अहिले फिर्ता भएका छैनन्, लाखौँ गोली लुटिएका तथा प्रहरीका बर्दीहरू खोसिएको र चौकी आक्रमण भएका छन्’, बस्नेतले भने, ‘आज हाम्रो प्रहरी निरीह छ ।’
उनले कोही असुरक्षित व्यक्तिले प्रहरीलाई सूचना गर्दा कसैले जेनजीलाई भन्नु भन्ने र कोहीले हामीसँग केही पनि छैन भन्नुपर्ने अवस्था आएको बताए । बस्नेतले भने, ‘प्रहरीको मनोबल गिराउन बाले शाहका गलत हर्कत गर्ने टिमको प्रतिरोध गर्दै यूथ भोलेन्टियर्स फोर्सले नेपाल प्रहरी र प्रशासनको मनोबल उठाउने कुरामा भूमिका खेल्छ ।’
उनले यो फोर्स नर्मल स्वयंसेवक नभएको भन्दै कालापानी र लिम्पियाधुरा समेत पुग्ने भन्दै लुटेराहरुलाई समातेर प्रहरीलाई बुझाउने बताए । ‘परिआए ट्याक्टरको पछाडि बाँधेर भएपनि यसले प्रहरीलाई पुर्याउँछ’, बस्नेतले भने ‘प्राकृतिक विपत्तिमा पनि यसले सहयोग गर्छ ।’ फोर्स एमाले निकट युवा संघको स्वयंसेवक दस्ता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण