अमेरिकामा एनपीपीएको ३५औँ वार्षिकोत्सव, अध्यक्षमा शान्ति श्रेष्ठ निर्वाचित
सारांश
- एनपीपीएले डीसी महानगर क्षेत्रमा नेपाल सम्बत ११४६ र ३५औँ वार्षिकोत्सव मनायो।
- शान्ति श्रेष्ठ एनपीपीएको अध्यक्षमा निर्वाचित भइन्, विभिन्न पदाधिकारीहरू पनि चयन भए।
- समारोहमा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरियो र विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो।
वासिङ्टन डिसी । अमेरिकाको डी.सी. महानगर क्षेत्रमा ३५ वर्षअघि स्थापित नेपाल पास पुचे अमेरिकाए (एनपीपीए) ले नेपाल सम्बत ११४६ न्हुदया भिन्तुना तथा ३५औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ।
मेरिल्याण्ड राज्यको गेथर्सबर्ग सहरमा गत शनिबार सम्पन्न समारोहबाट शान्ति श्रेष्ठ संस्थाको अध्यक्षमा निर्वाचित भएकी छन्। उनीसँगै प्रथम उपाध्यक्षमा सुमन तुलाधर, द्वितीय उपाध्यक्षमा प्रविन ताम्राकार, महासचिवमा नीति माथेमा, कोषाध्यक्षमा एलन महर्जन लगायत सात पदाधिकारी निर्वाचित भएका छन्।
समारोहमा नेपालबाट ल्याइएको नेपाल संवतका जन्मदाता शंखधर साख्वा को प्रतिमामा माल्यार्पण गरिएको थियो। गणेश पूजाबाट सुरु भएको उक्त समारोहमा परम्परागत लाखे नाच र धिमे बाजा प्रस्तुत गरियो। पूर्व अध्यक्ष मनोहर श्रेष्ठले आफ्नो दुई कार्यकालको अनुभव सुनाउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
समारोहमा 'दबु पत्रिका' को विमोचन गरियो भने प्रमुख अतिथि दूतावासका प्रमुख युगराज पाण्डे र प्रमुख वक्ता डा. तुलसी महर्जनले मन्तव्य राखेका थिए। कार्यक्रमको अन्त्यमा नेवा: समुदायको प्रसिद्ध रात्रि खाना झ्व: भ्वय खुवाइएको थियो। साथै, एनपीपीएको ११४६ भिन्तुनामा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) ले देउसी भैलो पनि खेलेको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण