स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ
कैलाली । स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक कैलालीको धनगढीबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आइतबार साँझ करिब ५ बजे धनगढी उप-महानगरपालिका वडा नं. ०३, मिलनचोकमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत, लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता (चालक) र सोही ठाउँका २९ वर्षीय सागर गुप्ता रहेका छन्। उनीहरूले प्रयोग गरिरहेको भारतीय नम्बर प्लेट यूपी ३१ सीएन ११७५ को कार चेकजाँच गर्दा उनीहरूको साथबाट रु. २८ लाख ३ सय ५० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राज कुमार सिंहका अनुसार, बरामद रकम र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण