बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतीय महिला टिमलाई ५१ करोडको पुरस्कार !

सोमबार, १७ कात्तिक २०८२, १३ : ४१
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • भारतीय महिला क्रिकेट टिमले मुम्बईमा भएको एकदिवसीय विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्व च्याम्पियन बन्यो।
  • बीसीसीआईले टिमलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गर्यो, जसले देशभर उत्सव ल्यायो।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीको जितको प्रशंसा गर्दै यसलाई भविष्यका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बताए।

मुम्बई । भारतीय महिला क्रिकेट टिमले आइतबार मुम्बईमा भएको एकदिवसीय विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै पहिलो पटक विश्व च्याम्पियन बनेको छ। यो ऐतिहासिक जितपछि भारतभर खुसीयाली छाएको छ।

जितलगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टिमलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। बीसीसीआई सचिव देवजित साइकिया ले यो जितलाई ‘भारतीय महिला क्रिकेटलाई नयाँ स्तरमा लैजाने एउटा उपलब्धि’ भन्दै खेलाडी र सहयोगी स्टाफहरूलाई ५१ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि देशभर उत्सव छाएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेखे, ‘आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारतीय टिमको शानदार जित! फाइनलमा उनीहरूको प्रदर्शन अद्भुत कौशल र आत्मविश्वासले भरिएको थियो। टिमले पूरै प्रतियोगिताभरि असाधारण टिमवर्क र दृढता देखायो। हाम्रा खेलाडीहरूलाई बधाई। यो ऐतिहासिक जितले भविष्यका च्याम्पियन खेलाडीहरूलाई खेलहरूमा लाग्न प्रेरित गर्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप