अपडेट
रोल्वालिङ क्षेत्रमा हिमपहिरो : ५ विदेशीसहित ७ जनाको मृत्यु (अपडेट)
सोमबार, १७ कात्तिक २०८२, १८ : १४
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।
हिमपहिराेमा परेर ७ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सोमबार साँझ पुष्टि गरे । मृतककाे सनाखत भइनसकेकाे उनले बताए ।
सो घटनामा ५ जना घाइते भएको समेत उनले बताएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण