इजरायली प्रहरीद्वारा युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौँ पक्राउ
सारांश
- इजरायली प्रहरीले मजदुर युनियनमा भएको भ्रष्टाचारको अनुसन्धानको क्रममा दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ।
- हिस्टाड्रुट युनियनका अध्यक्ष अर्नोन बार-डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।
- युनियनले आफ्ना कर्मचारी निर्दोष रहेको र अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।
जेरुसलेम । इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शङ्कास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा सोमबार दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ।
सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ।
“आज बिहान, इजरायल प्रहरीको ‘लाहव ४३३ नेशनल फ्राएड इन्भेस्टिगेसन युनिट’का गुप्तचरहरूले घूसखोरी, धोखाधडी र विश्वासघात, सम्पत्ति शुद्धीकरण र कर छली गरेको आशङ्कामा दर्जनौँ संदिग्धहरूलाई पक्राउ गरी हिरासतमा लिएका छन्,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।
“विगत दुई बर्षमा गरिएको गोप्य अनुसन्धानले आफ्नो हितलाई अगाडि बढाउन र वित्तीय लाभ कमाउनुको बदलामा व्यापारिक व्यक्तित्वहरूबाट घूस र लाभ लिएको शङ्का गरिएका हिस्टाड्रुटभित्रका वरिष्ठ अधिकारी, स्थानीय अधिकारी र सरकारी कम्पनी र कर्पोरेसनहरूमा ध्यान केन्द्रित गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
इजरायली मिडियाले हिस्टाड्रुटका अध्यक्ष अर्नोन बार–डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको जनाएका छन् ।
सन् २०२३ मार्चमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि सरकारको नीतिको विरोध गर्दै बार–डेभिडले आम हडतालको आह्वान गरेका थिए ।
पछि उनले गाजामा युद्धको क्रममा हडतालको चेतावनीलाई दोहोर्याएका थिए र गाजामा राखिएका बन्धकहरूको रिहाइका लागि सरकारलाई सम्झौता गर्न माग गरेका थियो।
हिस्टाड्रुटले एक जानकारीमा गिरफ्तारीको जवाफ दिँदै भनेको छ, “सङ्गठन आफ्ना कर्मचारीहरू निर्दोष हुनेमा विश्वस्त छ।”
विज्ञप्तिमा भनिएको छ, “हामी अधिकारीहरूलाई सहयोग गरिरहेका छौँ । सार्वजनिक सेवामा हिस्टाड्रुटको गतिविधि सामान्य रूपमा जारी छ।”
नेतान्याहूको लिकुड पार्टीका सदस्यसमेत रहेका दक्षिणी सहर किरात गाटका मेयर केफिर स्विसाले सोमबार भने, “पक्राउ गरेपछि मलाई प्रहरीले यस मामिलामा सोधपुछ गरिरहेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण