शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाँत माझेपछि पनि मुख गन्हाइरहन्छ ? यसो गर्नुहोस्

मङ्गलबार, १८ कात्तिक २०८२, ०६ : ३५
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • मुख गन्हाउने समस्या पेटको समस्या वा डिहाइड्रेसनका कारण हुनसक्छ।
  • आयुर्वेदका अनुसार दैनिक जीवनशैलीमा परिवर्तन गरेर सास गन्हाउने समस्या कम गर्न सकिन्छ।
  • दाँत माझ्ने, तेलले कुल्ला गर्ने, जिब्रो सफा गर्ने र कुल्ला गर्ने जस्ता उपायहरू अपनाउनु पर्छ।

काठमाडौँ । सास गन्हाउनु मुखसँग मात्रै सम्बन्धित समस्या होइन, पेटमा हुने समस्याले पनि हुन्छ । पाचन समस्याले पनि सास गन्हाउन सक्छ । डिहाइड्रेसन पनि सास गन्हाउनुको कारण हुन सक्छ । 

आयुर्वेदका अनुसार दैनिक अपनाइने प्राकृतिक उपचारहरूबाटै सास गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । दाँत माझ्ने, आयल पुलिङ, जिब्राको सफाइ र कुल्ला गर्नेजस्ता साधारण दैनिक दिनचर्याहरू अपनाएर मात्रै सास गन्हाउने समस्या हटाउन, दाँत बलियो बनाउन, गिजाबाट रक्तस्रावजस्ता समस्या कम गर्न सकिन्छ । 

यस उपायले दाँतको चमक पनि कायम राख्न मद्दत मिल्छ । आजको यस लेखमा हामी सास गन्हाउने समस्यालाई स्थायी रूपमा हटाउने केही उपायबारे कुराकानी गर्नेछौँ ।

–यसमा पहिलो चरण भनेको दाँत माझ्नु हो । हिजोआज सबैजना दाँत माझ्नका लागि प्लास्टिकको ब्रसमा निर्भर छन् । तपाईँ पनि यस्तै ब्रस प्रयोग गर्नुहुन्छ भने यसमा फ्लोराइड–आधारित टुथपेस्टको प्रयोग गर्नुहोस् । यस क्रममा बिस्तारै दाँत माझ्नुहोस् । छिटो छिटो ब्रस गर्दा गिजा कमजोर हुन्छ । आयुर्वेदले दाँत सफा गर्न नीमको हाँगाहरूको प्रयोग गर्न भन्छ । यसमा जीवाणुरोधी गुणहरू हुन्छन्, जसले दाँत र पेट दुवै सफा गर्छ । दाँत माझ्नका लागि हर्बल टुथ पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

–दाँत माझेपछि आयल पुलिङ गर्नुपर्छ । यसो गर्दा दाँतका कुनाहरूमा लुकेका ब्याक्टेरियाहरूलाई हटाउन सकिन्छ र प्लाक जम्मा हुनबाट रोक्छ । आयल पुलिङका लागि नरिवलको तेल, जैतुनको तेल र तिलको तेल प्रयोग गर्न सकिन्छ । फाल्नुअघि पुलिङ एजेन्टलाई २ देखि ३ मिनेटसम्म मुखमा राख्न भने नबिर्सनुहोला ।

–हरेक दिन जिब्रो सफा गर्नु पनि महत्त्वपूर्ण छ । ब्रस गर्दा दाँत त सफा हुन्छ, तर जिब्रो सफा हुँदैन । हामीले हरेक पटक केही खाँदा जिब्रोमा ब्याक्टेरिया जम्मा हुन्छन् । त्यसैले, जिब्रोलाई स्क्रयापरले बिस्तारै सफा गर्नुपर्छ ।

–आयुर्वेदमा कुल्ला गर्नुलाई अहम् मान्छ । यसले घाँटीमा हुने ब्याक्टेरिया हटाउन मद्दत गर्छ । मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ । पानीमा तुलसी र बेसार पनि थप्न सकिन्छ ।

(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि अनलाइनहरूबाट तयार पारिएको हो, योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप