पाङबारी हिमालमा हिमपात : बेपत्ता दुई इटालियन आरोहीको शव फेला
सारांश
- गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।
- शव हिउँले पुरिएको अवस्थामा फेला परेको र हेलिकोप्टरबाट सामागाउँ ल्याइएको छ।
- आरोहणबाट फर्कने क्रममा हिमपातका कारण उनीहरू अलपत्र परेका थिए।
गोरखा। गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।
पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए।
आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेको बताइएको छ।
उनीहरूसँगै अलपत्र परेका अर्का इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको डिएसपी श्रेष्ठले बताए। उनको साथमा रहेका नेपाली सहयोगी पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण