बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बजाज चेतक ईभीद्वारा काठमाडौँ–कोरला सीमाको सफल यात्रा

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ५२
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • धिरेनमान श्रेष्ठले बजाज चेतक ईभीमा काठमाडौँबाट लोमान्थाङ हुँदै कोरला सीमासम्मको यात्रा पूरा गरे।
  • उनले विद्युतीय स्कुटरले कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्ने कुरा व्यक्त गरे।
  • श्रेष्ठको यात्राले नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

काठमाडौँ। विद्युतीय सवारी साधनका पारखी धिरेनमान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्मको यात्रा सम्पन्न गरेका हुन्। 

‘मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,’ धिरेन मान श्रेष्ठले भने, ‘काठमाडौँको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन गर्‍यो। यसको स्मूथ पावर डेलिभरी, प्रभावशाली रेन्ज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो।’

श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हो। यसले ईभीहरू सहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम रहेको देखाउँछ। ‘यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ,’ उनले थपे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप