समाचार
आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने
मङ्गलबार, १८ कात्तिक २०८२, १५ : ४९
सारांश
- नेकपा माओवादी केन्द्रसहित ९ दलको एकता पछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ।
- पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ।
- भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुनेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ । प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।
चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबिच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबिच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन । भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण