आग्रह/पूर्वाग्रह त्यागेर छलफलमा बसौँ : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आग्रह/पूर्वाग्रह त्यागेर छलफलमा बस्नुपर्ने बताएकी छन् । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग मिसिएपछि मंगलबार झाँक्रीको यस्तो भनाई आएको हो ।
मतभेदहरूका बाबजुद आग्रह पूर्वाग्रह नराखी सबै छलफलमा बस्नुपर्ने उनले बताइन् ।
'राजनीतिक जीवनमा उतारचढाव आउने गरेको बताउँदै उनले भनिन्,हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ। बिचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ,उनले भनिन्,हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो ।'
उनले अगाडि भनिन्,'यो आन्दोलनलाई सही दिशामा पुर्याउँ। हतार गर्नुपर्ने कुनै कारण छैन। धैर्यताका साथ संवाद जारी राखौँ। हामीले लिन खोजेको निर्णयहरू नै सही निर्णय हुन्। आजको आवश्यकता पनि यही हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण