आयुर्वेदिक औषधि र औषधिजन्य सामग्री प्राप्त गर्न सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ ।
सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी आइतबार सम्झौता भएको हो ।
सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के. सी. ले र वैद्यखानाका तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप के. सी. ले हस्ताक्षर गरे ।
सम्झौतापछि विभागका प्रमुख के. सी. ले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास व्यक्ति गरे ।
यस्तै वैद्यखानाका कार्यकारी निर्देशक के. सी. ले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले महानगरपालिकाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधिहरू वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने योजना रहेको बताए ।
महानगरपालिकाले यसप्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको छ ।
सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि माग भएको ७ दिनभित्र उपलब्ध गराउनेछ ।
यो सम्झौता २०८३ असार मसान्तसम्मका लागि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण