किन रोकियो 'कमेडी दरबार' ?
सारांश
- शुक्रबार कमेडी दरबारको नयाँ एपिसोड प्रसारण भएन, जसले दर्शकलाई निराश बनायो।
- कमेडी दरबारको टिम फिल्म 'ककाकिकी' निर्माणमा व्यस्त भएकाले नयाँ भाग प्रसारण हुन नसकेको हो।
- आगामी शुक्रबारदेखि नयाँ एपिसोड प्रसारण हुने जानकारी सामाजिक सञ्जालमार्फत दिइएको छ।
काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’का दर्शक गत शुक्रबार निराश बने । नयाँ एपिसोडको पर्खाइमा रहेका दर्शकले उक्त दिन पुराना एपिसोडहरुका केही टुक्का जोडेको भाग हेर्न बाध्य भए । अर्थात हरेक शुक्रबार प्रसारण हुँदै आएको शोको नयाँ भाग गत शुक्रबार प्रसारण हुन सकेन । युट्युबमा कतिपय दर्शकले आफूलाई झुक्क्याइएको प्रतिक्रिया समेत दिएका छन् ।
‘कमेडी दरबार’को नयाँ भाग प्रसारण हुन नसक्नुको मुख्य कारण ‘ककाकिकी’ । ‘कमेडी दरबार’ टिम यतिबेला फिल्म निर्माणमा व्यस्त भएको कारण नयाँ भाग प्रसारण हुन नसकेको हो । फिल्मको छायाङ्कन पर्वतमा भैरहेको छ ।
फिल्म छायाङ्कनमा जानुअघि केही एपिसोडहरू स्टकमा खिचिएका थिए । तर, छायांकनको अवधि लम्बिएपछि र तयार एपिसोडहरू सकिएपछि गत शुक्रबार नयाँ एपिसोड आउन नसकेको हो । ‘कमेडी दरबार’ टिमले सामाजिक सञ्जालमार्फत केही परिस्थितिका कारण नयाँ एपिसोड ल्याउन नसकेको जानकारी दिँदै अबको शुक्रबारदेखि भने नयाँ एपिसोड प्रसारण हुने जनाएको छ ।
फिल्म ‘ककाकिकी’का निर्देशक बिक्की अग्रवाल हुन् । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण