वामपन्थी हुनु भनेको प्रगतिशील हुनु हो : सन्तोष परियार
सारांश
- रास्वपा नेता सन्तोष परियारले वामपन्थी विचारबारे सामाजिक न्याय, समावेशिता र समानताका मुद्दाहरूलाई जोड दिने बताए।
- उनका अनुसार वामपन्थी विचारधाराले गरिब र सीमान्तकृतको पक्षमा नीतिगत सुधारको वकालत गर्छ।
- परियारले वामपन्थीमा कम्युनिस्ट मात्र नभई समाजवादी, लोकतन्त्रवादी, मजदुर र वातावरण अभियन्ताहरू पनि पर्ने बताए।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले वामपन्थीलाई एउटा बृहत् राजनीतिक धार र विचारको रूपमा व्याख्या गर्दै यसले खासमा सामाजिक न्याय, समावेशिता र समानता जस्ता मुद्दाहरूलाई बढी जोड दिने बताएका छन्।
उनले आफ्नो फेसबुक पोस्टमा वामपन्थी विचारधाराको परिभाषा स्पष्ट पार्दै समाजमा भएका असमानता घटाउनुपर्ने कुरामा वामपन्थीले जोड दिने बताएका हुन्। परियारका अनुसार यो विचारले गरिब र सीमान्तकृतहरूको पक्षमा नीतिगत सुधार गर्नुपर्छ भन्ने मान्यता राख्छ।
उनले वामपन्थीको छाताभित्र कम्युनिस्टहरू मात्र नपर्ने उल्लेख गरेका छन् । यसमा समाजवादी, सामाजिक लोकतन्त्रवादी, प्रगतिशील, मजदुर र श्रम अधिकारकर्मी तथा पछिल्लो समय वातावरण न्यायका कुरा गर्ने अभियन्ताहरू पनि पर्ने उनको भनाइ छ।
परियारले निष्कर्षमा भनेका छन्, ‘तसर्थ, वामपन्थी हुनु भनेको प्रगतिशील हुनु हो। समतामा विश्वास गर्नु हो। न्यायसङ्गत राज्य निर्माण गर्नु हो। ऐतिहासिक रूपमा विभिन्न उत्पीडनमा परेकाहरूलाई न्याय दिलाउनु हो। र, कुनै पनि राज्यलाई मान्छेका हितमा पूर्ण रूपमा तयार बनाउनु हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण