शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वयम्भू महाचैत्यमा ८४ हजार फूल अर्पण, तस्बिरहरू
फोटोफिचर

स्वयम्भू महाचैत्यमा ८४ हजार फूल अर्पण, तस्बिरहरू

बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ। कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ। मानव जीवनको सुख, शान्तिको कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा अनुसार फूल अर्पण गरिएको हो।

यो विशेष पूजा सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा गरिन्छ। बौद्धमार्गीहरूले भौतिक संसारबाट बिदा हुनुलाई परिनिर्वाणको रूपमा बुझ्छन्। बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा सारिपुत्रले दिएको योगदानको स्मरणमा विभिन्न कार्यक्रम हुने गरेका छन्।

पूजाका क्रममा भिक्षु सादरहरूले कथा वाचनसमेत गरेका छन्। बौद्ध परम्पराअनुसार आजकै दिनमा स्वयम्भू उत्पन्न भएको समेत विश्वास गरिन्छ।

swayambhu (1)swayambhu (2)swayambhu (3)swayambhu (4)swayambhu (5)swayambhu (6)swayambhu (7)swayambhu (8)swayambhu (9)swayambhu (10)swayambhu (11)swayambhu (12)swayambhu (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया