बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संस्थापनबाट सहमहामन्त्री जितेका मन्सुर महामन्त्री थापाको पक्षमा

बुधबार, १९ कात्तिक २०८२, १३ : ३५
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने बताए।
  • मन्सुरले थापालाई भावी प्रधानमन्त्री बनाउन निर्वाचनमा जानुपर्ने धारणा राखे, जसले पार्टीभित्रको विवादलाई उजागर गर्यो।
  • उनले थापाको सक्रियताले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएको दाबी गरे।

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वर्तमान संस्थापन (सभापति शेरबहादुर देउवा) समूहबाट सहमहामन्त्री जितेका फरमुल्लाह मन्सुर महामन्त्री गगन थापाको पक्षमा देखिएका छन् । 

थापा पार्टीभित्र इतर समूहका हुन् । महाधिवेशन कहिले गर्ने भन्नेमा संस्थापन र इतर समूहबिच विवाद भइरहेका बेलामा मन्सुरले थापाको पक्ष लिएका हुन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सहमहामन्त्री मन्सुरले महामन्त्री थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्ने बताएका हुन् । 

 ‘जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्छ,’ सहमहामन्त्री मन्सुरले भने ।

मन्सुरले जसको प्रभाव छ, त्यसलाई मूल्याङ्कन गरेर केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने बताए ।  थापा कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार भए राम्रो हुने जनताको र पार्टी कार्यकर्ताको चाहना भएको उनको भनाइ थियो ।

उनले महामन्त्री थापाको सक्रियताले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका दाबी गरे । सहमहामन्त्री मन्सुरले सहमहामन्त्री यादवले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिकामा आफ्नो समर्थन नरहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप