बिरालोका कारण यी महिलाले छिमेकीलाई तिर्नुपर्यो १४०० डलर
सारांश
- फ्रान्समा एक महिलाले बिरालोको कारण १४३५ डलर जरिवाना तिर्नुपर्यो।
- बिरालो छिमेकीको घरमा पसेपछि छिमेकीले मुद्दा हालेका थिए, जसले गर्दा अदालतले जरिवाना तोक्यो।
- बिरालोको मालिकले रेमीलाई घरमै राखेको र उसलाई बगैंचामा पनि लैजान नसकेको बताइन्।
पेरिस । फ्रान्समा एक जना महिलाले आफूले घरमा पालेर राखेको बिरालोका कारण १ हजार ४३५ डलर तिर्नु परेको छ । बिरालाहरू एड्भेञ्चर मन पराउने जनावर हुन् । मानिसको नियम कानुनको यिनीहरूलाई के मतलब हुन्थ्यो र ? आफूलाई जहाँ मन लाग्छ त्यही जान्छन् । तर, आफूले पालेको बिरालोको यो बानी मालिकका लागि महँगो साबित हुन सक्छ ।
यो मामिला फ्रान्सको हेरोल्ट क्षेत्रकी एक बिरालो मालिकको हो । डोमिनिकले पालेको बिरालो छिमेकीको घरजगामा बिरालो बारम्बार घुसेपछि ती छिमेकीले मुद्दा हालिन् । मुद्दामा रेमी नाम गरेको सो बिरालोको गरेको क्षतिमा स्टुकोमा पन्जाको छाप, डुभेमा बिरालोको पिसाब र बगैंचामा दिसै दिसाको उल्लेख गरिएको थियो । जनवरीमा, अदालतले वादीको पक्ष लियो र बिरालोको मालिक डोमिनिकलाई १ हजार २५० यूरो (१ हजार ४३५ अमेरिकी डलर) जरिवाना तिर्न आदेश दियो । बिरालोले फेरि पनि छिमेकको पर्खाल नाघेर गयो भने थप जरिवाना लगाइने मुद्दाको फैसलामा भनिएको थियो ।
‘मैले जब दोषी ठहरिएको सूचना प्राप्त गरें, मलाई टाउकोमा कसैले बेस्कन हानेको जस्तो भयो,’ डोमिनिकले फ्रान्सेली अखबार ले पेरिसियनलाई भने । ‘फैसला आएदेखि, मैले रेमीलाई घरमै राखेको छु । उसको तौल बढेको छ र आक्रामक भएको छ । बार नाघेर जाने डरले म उसलाई मेरो बगैंचामा पनि राख्न सक्दिन । यस्तो लाग्छ कि उसलाई घरमै नजरबन्दमा राखिएको छ, एक प्रकारको जेल र दोहोरो सजाय सुनाइएको छ ।’ अझ अगाडि उनले भनेका छन् ।
छिमेकमा अन्य (आवारा) बिराला भएकोले छिमेकीले रेमीले नै घुसपैठ गरेको प्रमाणित गर्न नसकेको तर न्यायाधीशले सो कुरालाई वेवास्ता नगरेको ७० वर्षीय बिरालो मालिकले बताए । तर डोमिनिकको दुःख सकिने कुनै संकेत छैन । उनलाई आउँदो डिसेम्बरमा फेरि अदालतमा बोलाइएको छ । रेमीले छिमेकीको पर्खाल नाघेकोले डोमिनिकले अरु २ हजार ३०० डलर पो तिर्नु पर्ने हुने हो कि ? अदालतले एक पटक पर्खाल नाघ्दा १७२डलर जरिवाना तिर्नु पर्ने भनेका थिए । यो मुद्दाले यतिबेला फ्रान्समा पशु अधिकारकर्मी समूहको ध्यान खिचिरहेको छ । धेरैले अदालतको सो आदेशले बिरालोको अधिकार हनन भएको भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण