स्कुटर चोरेको आरोपमा ५ जना पक्राउ
बुधबार, १९ कात्तिक २०८२, १७ : ३३
सारांश
- पोखरामा ३ वटा स्कुटर चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
- कास्की प्रहरीले स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको छ।
पोखरा । पोखरामा ३ वटा स्कुटर चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । कास्की प्रहरीले स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ३३ का २१ वर्षीय शेरबहादुर पुन, पोखरा ५ का २५ वर्षीय अजय नेपाली, पोखरा १० का २९ वर्षीय सुशील गुरुङ, पोखरा ११ का २० वर्षीय सुदिप परियार र पोखरा १३ बस्ने २७ वर्षका रोशन परियार छन् ।
उनीहरूका साथबाट ग १ प ८७६९, ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरको स्कुटर बरामद भएको छ । पक्राउ परेकाहरूलाई चोरी सम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण