आगजनीबारे अनुसन्धान गर्न विशेष अदालतले प्रहरीमा दियो जाहेरी
बुधबार, १९ कात्तिक २०८२, १८ : १३
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीबारे अनुसन्धान गर्न आग्रह गर्दै विशेष अदालतले प्रहरीमा जाहेरी दिएको छ ।
विशेष अदालतको तर्फबाट जाहेरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) पवन भट्टराईले रातोपाटीलाई बताए ।
बुधबार जाहेरी दिँदै विशेषले भदौ २४ मा भएको तोडफोड र आगजनीको अनुसन्धान गर्न आग्रह गरेको छ । एसपी भट्टराईले उच्छृङ्खल गतिविधिमा संलग्नहरूमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अदालतमा आगजनी गर्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको छ ।’
विशेष अदालतले आगजनीमा संलग्नहरूलाई पक्राउ गरेर क्षति बराबरको बिगो भराउन माग गरेको छ ।
यसअघि सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र हायात होटल लगायतले प्रहरीमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण