‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम बुकिङ खुला
काठमाडौँ । ‘जारी २’ र ‘मन बिनाको धन’ शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म हुन् । ‘जारी २’ उपेन्द्र सुब्बा निर्देशित फिल्म हो भने ‘मन बिनाको धन’ टंक बुढाथोकीले निर्देशन गरेका हुन् ।
फिल्महरूको अग्रिम टिकट बुकिङ खुला भएको छ । दुई फिल्म मध्य हलहरूले ‘जारी २’ लाई उच्च शो दिएका छन् । फिल्मको हाइप अनुसार यसले धेरै शो पाएको देखिन्छ ।
समाचार तयार गर्दासम्म ‘जारी २’ले देशको सबभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्समा ३७ शो पाएको छ । क्युएफएक्सले उपत्यकाबाहिरका हलहरूमा पनि फिल्मलाई प्राथमिकता दिएको छ ।
सोही चेनअन्तर्गत काठमाडौँभित्र ‘मन बिनाको धन’ले भने जम्मा ३ शो मात्रै पाएको छ ।त्यसैगरी, बिग मुभिजले ‘जारी २’ लाई ७ शो छुट्याउँदा ‘मन बिनाको धन’ लाई १ मात्र शो दिएको छ ।
वान सिनेमाजमा ‘जारी २’ लाई १२ शो दिइएको छ भने ‘मन बिनाको धन’ ले ३ शो मात्र पाएको छ । ‘जारी २’ २०८० को हिट फिल्म ‘जारी’को सिक्वेल हो । फिल्ममा दयाहाङ राई, मिरूना मगर, विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ ।
त्यस्तै ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीले शीर्ष भूमिका रहेको फिल्म हो । फिल्मले दर्जीको जीवनकथा भन्छ । फिल्ममा अशोकसहित सरोज खनाल, नीता ढुङ्गाना, बुद्धि तामाङलगायतको अभिनय छ ।
दुवै फिल्मका शो बुकिङका आधारमा प्रदर्शन अगाडिसम्म घटबढ हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण