बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसामने

बुधबार, १९ कात्तिक २०८२, २१ : ४५
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीकाे राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने भएका छन् ।

अध्यक्ष चाैधरीले आफूले राजीनामा बुझाएको भनिएको पत्र किर्ते भएको बताएका छन् । 

गाउँपालिका अध्यक्ष चौधरीले उपाध्यक्ष कल्पना चौधरीले किर्ते, जालसाजीपूर्ण र राजनीतिक षड्यन्त्र गरेर आफू विरुद्ध राजीनामाको हल्ला फैलाएको दाबी समेत गरेका छन् ।  

तर उपाध्यक्ष चौधरीले भने आफूले अध्यक्षको राजीनामा बुझिसकेको दाबी गरिन् । गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप