यसरी छनोट हुँदैछन् एमालेमा २ हजार १२७ प्रतिनिधि, यस्तो छ हिसाब
सारांश
- नेकपा एमालेको महाधिवेशन आगामी मंसिर २७-२९ गते काठमाडौंमा हुने भएको छ।
- महाधिवेशनमा देशभरका विभिन्न क्षेत्रबाट २,१२७ प्रतिनिधि सहभागी हुनेछन्।
- प्रतिनिधि छनोटको मापदण्ड र आधार एमालेले तय गरिसकेको छ र सोही अनुसार प्रतिनिधि चुनिनेछन्।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अबको पाँच सातामा हुँदैछ । एमालेले उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते एकैदिन गर्दैछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् त्यसको मापदण्ड र आधार पार्टीले तय गरिसकेको छ । त्यस आधारमा मङ्सिर २७–२९ काठमाडौँमा हुने महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।
एमालेले जारी गरेको पछिल्लो अन्तर पार्टी निर्देशन (अपानि) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय खुलाएर मातहतका कमिटीलाई पठाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी सदस्यताको सङ्ख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्टाएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ ।
‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको सङ्ख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ,’ डा.अधिकारीले भने, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज,पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’
_h6Ayk4be1p.jpg)
एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जस अनुसार केन्द्रीय कमिटीबाट ३५५,अनुशासन आयोग २९,निर्वाचन आयोग ३०,लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।
यसैगरी, स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीहरूबाट कम्तीमा दुईजना महिला सहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठुलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले सङ्घीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ ।
_gdoxnXFKin.jpg)
यसरी १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिला सहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् । सङ्घीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतम १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने । ’
अपानिका अनुसार स्वदेशका विशेष जिल्ला अन्तरगत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहने । (सदस्य सङ्ख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक,यस्तो सङ्ख्यामा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गर्ने ) यसरी विशेष जिल्ला अन्तरगत ४७ जना निर्वाचित प्रतिनिधि सङ्ख्या करिब रहने जनाइएको छ ।

एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तरगतका प्रतिनिधि कम्तीमा ८१ जना रहनेछन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यस भन्दा माथि सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जस अनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यहरूबाट कम्तीमा तीनजना महिला सहित ७ जनाका दरले प्रतिनिधिहरू निर्वाचित भएर आउनेछन् ।
एमालेका प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिला सहित १० जना,अमेरिका/क्यानडा,युरोप,एसिया प्यासिफिक,खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिला सहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा जनाइएको छ । केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरू मध्येबाट एक/ एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरूबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ ।
_U44eVbW66p.jpg)
पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन जना महिला सहित ७ जना प्रतिनिधि हुनेछन् । यस अन्तरगत खेलकुद महासंघ,किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन् ।
अनुसूची दुई अन्तरगतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिला सहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ ।
‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको भनाइ छ ।
यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको सङ्ख्या २,०२६ जना हुनेछ । एमालेको विधान अनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ । जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनीत गर्दा कुल प्रतिनिधिको सङ्ख्या २ हजार १२७ हुने एमालेले जनाएको छ ।
- कुन क्षेत्रबाट कति ?
आयोग/केन्द्रीय सल्लाहकार परिषद्–४६४
विशेष जिल्ला–४७
दलित आरक्षण–८१
श्रमिक–४९
प्रवास कमिटी–३५
केन्द्रीय विभाग–३२
जनसंगठन–१३७
निर्वाचन क्षेत्र–११३५ (४६ जना बढ्न सक्ने)
निर्वाचित भएर आउने–२०२६
मनोनीत–१०१
जम्मा सहभागी हुने प्रतिनिधि ः २ हजार १२७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण