सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार, २० कात्तिक २०८२, ११ : ०८
सारांश
- आज सुनको मूल्य तोलामा रु दुई लाख ३७ हजार ८०० र चाँदीको मूल्य रु तीन हजार १० तोकिएको छ।
- बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
- बजार विश्लेषकहरूले लगानीकर्तालाई सतर्क रहन र बजारको प्रवृत्तिलाई ध्यान दिन आग्रह गरेका छन्।
काठमाडौँ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ ।
बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिद बिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।
सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण