मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार, उजुरी दर्ता
सारांश
- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामलाई एक पुरुषले यौन दुर्व्यवहार गरेपछि मुद्दा दर्ता गराएकी छिन्।
- घटना मेक्सिको सिटीको जोकालो क्षेत्रमा भएको थियो, जहाँ राष्ट्रपतिलाई स्वागत गर्ने क्रममा यो घटना भयो।
- शेनबामले यसलाई 'सबै महिलामाथिको आक्रमण' भन्दै, आफूले कानुनी कारबाही गर्ने निर्णय लिएकी हुन्।
मेक्सिको सिटी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफूलाई यौन दुर्व्यवहार गर्ने एक पुरुषविरुद्ध मुद्दा दर्ता गराएकी छन्। मंगलबार भएको उक्त घटनालाई उनले ‘सबै महिलामाथिको आक्रमण’ भनेकी छिन्।
मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाका अनुसार आरोपित पुरुषलाई मंगलबार राति नै पक्राउ गरिएको छ र उनी अहिले यौन अपराध अनुसन्धान इकाइको हिरासतमा छन्। यो घटना मंगलबार मेक्सिको सिटीको जोकालो क्षेत्रमा भएको थियो, जहाँ मानिसहरूले शेनबामलाई स्वागत गरिरहेका थिए । भाइरल फुटेजअनुसार भीड छिचोलेर एक पुरुषले राष्ट्रपतिलाई अँगालो हाल्ने र शरीरको संवेदनशील भागमा छुने प्रयास गरेका थिए।
भिडियोमा ती पुरुषले शेनबामको संवेदनशील अङ्ग खोजेको र उनलाई चुम्बनको प्रयास गरेको देखिन्छ। राष्ट्रपतिका एक प्रमुख सहयोगी जुआन जोसे रामिरेज मेन्डोजाले हस्तक्षेप गरेपछि घटना रोकिएको थियो ।
यस घटनाले अनलाइनमा व्यापक आक्रोश फैलाएको छ र सार्वजनिक जीवनमा महिलाको सुरक्षा तथा दुर्व्यवहारको विषयमा नयाँ बहस सुरु भएको छ। मेक्सिको सिटी प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त व्यक्ति सोही दिन अन्य दुई महिलालाई दुर्व्यवहार गरेको घटनासँग पनि जोडिएको देखाएको छ।
मेक्सिकोकी पहिलो महिला राष्ट्रपति शेनबामले बुधबार आफूले कानुनी कारबाही गर्ने निर्णय लिएको बताइन्। उनले आरोपित पुरुष ‘पूर्ण रूपमा मातेको’ अवस्थामा रहेको बताउँदै भनिन्, ‘मैले मुद्दा दर्ता गर्ने निर्णय गरेँ, किनभने मैले यो घटना एक महिलाको रूपमा अनुभव गरेँ— जुन कुरा हाम्रो देशका सबै महिलाले अनुभव गर्छन्। कुनै पनि पुरुषलाई त्यो व्यक्तिगत स्थान हनन गर्ने अधिकार छैन।’
शेनबामले आफूलाई दुर्व्यवहार भएको यो पहिलो घटना नभएको पनि बताएकी छिन्। उनले सन् २०२१ मा मेक्सिको सिटीको मेयर हुँदा पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफू १२ वर्षको हुँदा सार्वजनिक यातायातमा तथा विद्यार्थी जीवनमा प्राध्यापकबाट दुर्व्यवहारमा परेको स्मरण गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण