तीन महिनामा नबिल बैंकको नाफा १ अर्ब ७५ करोड
सारांश
- नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड नाफा कमाएको छ।
- बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले घटेको छ।
- ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो।
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ७५ करोड नाफा कमाएको छ । बैंकको प्रकाशित गरेको आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सो बराबरको नाफा कमाएको हो ।
बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड नाफा कमाएको थियो।
बैंकको नाफा घट्नुमा ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ९० करोड मात्रै आम्दानी गर्न सफल भएको हो ।
त्यस्तै अघिल्लो वर्ष ४७ करोड ७७ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज गरेको बैंकले यो वर्ष ६४ करोड ७२ लाख रुपैयाँ बराबर रकम छुट्याएको छ ।
नाफा घटेसँगै बैंकका् बैंकको यस्तो आम्दानी पनि घटेको छ । यस्तो आम्दानी २५ रुपैयाँ ९७ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.२४ प्रतिशत, सीडी अनुपात ७८.१४ प्रतिशत, कस्ट अफ फण्ड ४.३१ प्रतिशत र बेसरेट ५.५८ प्रतिशत रहेको छ ।
हाल २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग जगेडा कोषमा ३८ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्म ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण