नेपाल-बंगलादेश व्यापार असन्तुलन घटाउन सीधा सडक-रेल सम्पर्क आवश्यक : अग्रवाल
सारांश
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्षले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक रहेको बताए।
- नेपालले बंगलादेशबाट ठूलो मात्रामा आयात गर्छ, तर निर्यात निकै कम छ, जसले व्यापार घाटा बढाएको छ।
- अध्यक्षले सीधा व्यापारिक मार्ग र बीबीआईएन प्रणालीलाई उपयोग गर्न सुझाव दिए, राजदूतले निर्यात बढाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबिचको ठुलो व्यापार असन्तुलन घटाउन आपसी सहकार्य र सहज व्यापारिक वातावरण अपरिहार्य रहेको बताएका छन्। बिहीबार चेम्बर भवनमा नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँगको भेटवार्ताका क्रममा अग्रवालले यो विषयमा जोड दिएका हुन्।
उनका अनुसार नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलर बराबरको सामान आयात गर्छ, तर निर्यात भने जम्मा ३.३३ मिलियन अमेरिकी डलरको मात्र गर्छ, जसले ठुलो व्यापार घाटा देखाउँछ।
अध्यक्ष अग्रवालले सीधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गमाथिको अत्यधिक निर्भरताले ढुवानी लागत बढाउनुका साथै व्यापारमा ढिलाइ र जटिलता ल्याएको बताए। उनले नेपाल र बंगलादेशबिच सीधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै देशले प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरूले बंगलादेशमा राम्रो बजार पाउन सक्ने भए पनि ती अवसरहरू पूर्ण रूपमा प्रयोग हुन नसकेको उनले बताए। अग्रवालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने सुझाव पनि दिए।
जवाफमा राजदूत रहमानले नेपालको निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए। उनले दुई देशबिच पर्यटन, संस्कृति र शैक्षिक सम्बन्ध उच्चस्तरीय रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण