‘जारी २’मा मेरो उपस्थिति विशेष छ : ऋचा शर्मा
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले ‘जारी २’ले लिम्बू समुदायको रहनसहनलाई नजिकबाट चिनाउने बताएकी छन् । उनले आफ्ना लागि फिल्म सांस्कृतिक र विषयवस्तुको हिसाबले अन्य भन्दा फरक भएपनि अभिनय सिलसिलामा आफूले लिम्बु कल्चरलाई नजिकबाट नियाल्न पाएको बताइन् ।
‘जारी २’ जस्तो विशुद्ध सांस्कृतिक कथामा आधारित फिल्ममा काम गर्नु चुनौतीपूर्ण भएपनि यो एक ठुलो अवसर भएको उनी बताउँछिन् ।
‘निर्देशक उपेन्द्र सुब्बा र टिमले एउटा प्रामाणिक कथा भन्न खोजिरहेको र चरित्रमा आफूलाई ढाल्न पाउँदा मैले निकै उत्साह महसुस गरे’, उनले भनिन् ‘मैले गरेका अन्य जनराका कामहरू भन्दा यो अलिकति फरक नै छ ।’ फिल्ममा संस्कृति र परम्परासँग जोडिएका कुराहरू धेरै भएको उनले सुनाइन् ।
फिल्मको छायाङ्कन लिम्बू समुदायकै बिचमा गरिएकोले उनलाई संस्कृतिको प्रत्यक्ष अनुभव बटुल्ने मौका मिलेको हो । १०–१२ दिनको छायाङ्कन अवधिमा उनले त्यहाँको रहनसहन, भेषभूषा र लवाई–खवाईलाई नजिकबाट बुझ्ने अवसर पाइन् ।
प्रायः फिल्मको छायाङ्कन सकिएपछि कलाकारहरू होटलमा बस्ने गरे पनि ‘जारी २’ को टिम निर्देशक उपेन्द्र सुब्बाकै घरमा बसेको थियो ।
‘निर्देशकको घरमै बस्दा सबै चिज एकदमै नजिकबाट चिन्ने अवस्थाहरू चाहिँ जुरेकै हो’, ऋचाले सुनाइन् । ‘जारी’ हेर्दा पाएको ज्ञान भन्दा ‘जारी २’ मा प्रत्यक्ष अनुभव लिन पाउँदा आफूलाई अझै रमाइलो लागेको उनको भनाइ छ ।
लिम्बू संस्कृतिमा उनलाई के मनपर्यो भन्ने प्रश्नमा ऋचाले त्यहाँका मानिसहरूको ‘न्यानोपन’ आफूलाई असाध्यै मन परेको बताइन् । त्यहाँको खानाको स्वादलाई पनि आफूलाई विशेष लागेको उनको धारणा छ । च्याब्रुङ नृत्य पनि उनको लागि नयाँ अनुभव थियो ।
‘जारी’ बाटै लिम्बू समुदाय र च्याब्रुङको नाता तथा त्यसको महत्वबारे उनले पहिलो पटक थाहा पाएको बताउने उनले ‘जारी २’ को छायाङ्कनका क्रममा स्थानीयहरूले बेलुका–बेलुका च्याब्रुङ नृत्यको अभ्यास गरेको देख्दा आफूलाई निकै रोमाञ्चित महसुस भएको उनले बिचार व्यक्त गरिन् ।
फिल्ममा उनको विषयमा प्रश्न गर्दा सरप्राइज प्याकेज भनेर जवाफ दिइन् । उनले भनिन्, ‘फिल्ममा मेरो उपस्थिति विशेष छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण