प्रहरी जवान हत्या प्रकरण : दुई जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न दुई जना नाबालकविरुद्ध बालबिज्याई (ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने) कसुरमा बाल अदालत भक्तपुरमा बिहीबार मुद्दा दर्ता भएको छ ।
प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय मागदाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले मुद्दा दायर गरेको हो ।
सादा पोसाकमा रहेका प्रहरी जवान थापालाई प्रदर्शनकारीहरूले ढुङ्गा र रडले हानेपछि घिसार्दै सडकको बिचमा ल्याएर छाडेका थिए ।
घटनामा संलग्न दुवैले बयानका क्रममा घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । उनीहरूले जेनजी आन्दोलनको पहिलो दिन प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर मारिएको सुनेपछि आक्रोश बढेको र सोही दिन महाराजगञ्जमा पुग्दा प्रहरी कार्यालयमा तोडफोड भइरहेको देखेर आफूहरू पनि त्यसमै मिसिई प्रहरीमाथि आक्रमण गरेको बयान दिएको अभियोगपत्रमा उल्लेख छ ।
आन्दोलनको दिन प्रदर्शनमा सहभागी केही व्यक्तिले उनलाई कार्यालयबाट लखेटेर बाहिर निकाली टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । उनको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरिनु उल्लेख छ ।
प्रहरीका अनुसार महाराजगन्जमा खटिएका प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो ।
त्यसपछि भाटभटेनी सुपरमार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुङ्गा लगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण