भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन मुख्यमन्त्री सोनलको अपिल
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमलाई सफल पार्न आग्रह गरे।
- ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र १ देखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
- मुख्यमन्त्री सोनलले स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीय तहलाई कार्यक्रममा सक्रिय हुन आग्रह गरे।
जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबै निकायलाई सहकार्य गर्न अपिल गरेका छन्।
राष्ट्रव्यापी रूपमा बिहीबार (आज) र शुक्रबार (भोलि) सञ्चालन भइरहेको भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ।
मुख्यमन्त्री सोनलले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई सफल बनाउन प्रदेशका सबै स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
‘प्रदेश सरकार बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ,’ मुख्यमन्त्री सोनलले भने, ‘कार्यक्रमको सफल कार्यान्वयनका लागि हरेक निकायले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न आवश्यक छ।’
उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका सबै निकाय र सरोकारवालाहरूलाई पनि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै हरेक बालबालिकासम्म कार्यक्रमको पहुँच सुनिश्चित गर्न जनचेतना अभिवृद्धि र सहकार्यलाई जोड दिए।
प्रदेशभरका वडास्तरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत भिटामिन ‘ए’ वितरण र जुकाको औषधि खुवाउने अभियान सञ्चालन भइरहेको जनाइएको छ।
मुख्यमन्त्री सोनलले प्रदेशका अभिभावकहरूलाई पनि आफ्ना बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण