विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
सारांश
- टानले विदेशी पर्यटकलाई टिम्स कार्ड अनिवार्य गरी सुरक्षित पदयात्राको व्यवस्था गर्न आग्रह गरेको छ।
- टिम्सको पूर्ण कार्यान्वयन नहुँदा पर्यटकको उद्धार र खोजीमा समस्या भएको टानले जनाएको छ।
- टानले स्वदेशी पदयात्रीलाई तयारीका साथ पदयात्रामा जान र विपद् व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले विदेशी पर्यटकलाई अनिवार्य रूपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सुरक्षित पदयात्रा जाने व्यवस्था गर्नुपर्ने बताएको छ ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गरी विदेशी पर्यटकको हकमा अनिवार्य रूपमा टिम्स कार्ड लिएर मात्र सुरक्षित पदयात्रामा जाने व्यवस्था गर्न र नेपाली पदयात्रीको हकमा पदयात्रासम्बन्धी यथेष्ट जानकारी लिई तयारीसहित पदयात्रामा जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन् ।
टानले पदयात्री तथा पदयात्रामा खटिने श्रमिकको सुरक्षाका लागि सुरु गरिएको टिम्सको पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा पदयात्रामा जाने विदेशी पर्यटक तथा सहयोगी सदस्यको गन्तव्य तथा लोकेसनको पहिचान गर्न र आवश्यक खोजी तथा उद्धार गर्न नसकिएको बताएको छ ।
टानका अध्यक्ष सागर पाण्डेले विना पूर्वतयारी र विना पथप्रदर्शक पदयात्रामा जाने प्रवृत्तिका कारण स्वदेशी पदयात्रीले समेत विपद् तथा लेक लाग्ने समस्याका कारण ज्यान गुमाउने क्रम बढ्दै गएको बताए।
टानले पर्यटकको एकीकृत तथ्याङ्कको अभाव, समय सापेक्ष प्रविधिको प्रयोगमा संकुचनता, विपद् न्यूनिकरणका पूर्ण तयारीको अभाव, तत्काल खोज तथा उद्धारका लागि स्रोत र साधनको अभाव आदिका कारण विपद्का समयमा खेल्नुपर्ने भूमिका अपेक्षाकृत रूपमा खेल्न नसकिएको बताएको छ ।
टानले अस्वाभाविक भारी वर्षा तथा अस्वाभाविक भारी वर्षा तथा हिमपातका कारण मनास्लु क्षेत्र, रोल्वालिङ क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा पिक आरोहण तथा पदयात्राका क्रममा ज्यान गुमाउने आरोही, पदयात्रीहरू तथा पथपर्दशकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भइरहेका सम्पूर्ण पर्यटक, पथप्रदर्शक तथा सहयोगीको शीघ्र पहिचान, उद्धार एवम् सकुशल घर फीर्तिको कामना समेत गरेको छ । साथै, खराब मौसमका कारण सृजित विपद्का कारण घाइते भएका सम्पूर्णप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण