बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थीको गोली लागेकी शिक्षिकाले पाउने भइन् १ करोड डलर क्षतिपूर्ति

शुक्रबार, २१ कात्तिक २०८२, ११ : ४४
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • भर्जिनियामा एक पूर्व शिक्षिकालाई ६ वर्षीय विद्यार्थीले गोली हानेपछि अदालतले १ करोड डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ।
  • शिक्षिका अबिगेल ज्वर्नर गम्भीर घाइते भइन् र उनको शल्यक्रिया भयो, उनले ४० करोड डलर क्षतिपूर्तिको माग गरेकी थिइन्।
  • पूर्व सहायक प्रधानाध्यापक इबोनी पार्करलाई विद्यार्थीले बन्दुक ल्याउन सक्ने चेतावनी दिइएको थियो तर उनले बेवास्ता गरेको आरोप छ।

भर्जिनिया । अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हाने । अदालतले ती पीडित शिक्षिकालाई १ करोड डलर क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । 

विद्यार्थीले हानेको गोली लागेर शिक्षिका अबिगेल ज्वर्नर गम्भीर घाइते भइन । उनको कयौँ शल्यक्रिया गर्नु परेको थियो । ‘मलाई लाग्यो कि म त मरिसके ।’ सुनवाइको क्रममा शिक्षिकाले अदालतमा भनेकी थिइन् ।

ज्वर्नरले स्कूलका पूर्व सहायक प्रधानाध्यापक इबोनी पार्कर विरुद्ध ४० करोड डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन् । पार्करलाई पहिले नै एक फुच्चे विद्यार्थीले घटना भएको दिन स्कुलमा बन्दुक ल्याउन सक्ने भनेर चेतावनी दिइएको तर उनले यो चेतावनीलाई बेवास्ता गरिएको आरोप मुद्दामा लगाइएको थियो । बिहीबार, तीन पुरुष र चार महिला जुरीको प्यानलले पूर्व शिक्षिकाको पक्षमा उभिएर पार्करले कारबाही नगर्नु घोर लापरबाही भएको फैसला गरे ।

२०२३ को जनवरीमा ज्वर्नरले भर्जिनियाको न्यूपोर्ट न्यूजमा रहेको रिचेनेक प्राथमिक विद्यालयमा एक कक्षाका विद्यार्थीलाई पढाइरहँदा एक जना ६ वर्षीय बालकले उनीमाथि गोली प्रहार गरेका थिए । गोली हातलाई छेडेर ज्वर्नरको छातीमा पुगेको थियो । घटना हुनुभन्दा ४५ मिनेट अगाडि पार्करलाई यस्तो हुन सक्छ भन्दै चेतावनी दिइएको अदालतमा भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप